Tuesday, March 29, 2016

ग्यास्ट्राइटिस(ग्यास्ट्रिक)बाट बच्ने यी ५ उपाय

काठमाडौं । ग्यास्ट्राइटिस (ग्यास्ट्रिक)ले प्रायः सबैलाई सताउने गरेको छ । खानपानमा विशेष ध्यान नदिँदा ग्यास्ट्रिक लाग्ने गरेको बताइन्छ । नियमित तथा खानपानमा ध्यान नदिँदा पेटमा ग्यास बन्छ । यस्तो अवस्थामा फेट फुल्ने तथा पीडा महसुस हुने गर्छ । ग्यास्ट्रिकबाट बच्न निम्न पाँच उपनाउनुहोस्  



 : ग्यास बनाउने खाद्यपदार्थ नखानुस् ग्यास्ट्राइटिस समस्याको सबैभन्दा ठूलो कारण भनेको ग्यास बनाउने खालका खानेकुरा हुन् । यी खानेकुरा खाँदा पेटमा ग्यास बन्ने हुँदा पेट दुख्ने तथा पीडा महसुस हुनेगर्छ । यसर्थ केक, कार्बोनेटयुक्त सामग्री, अमिलो फल, काउली, बन्दा, सुपारी जस्ता खानेकुरा नखाँदा राम्रो हुन्छ २: समयमा खाना खाने बानी बसाल्नुहोस् पेट खाली नहुने गरी नियमित रुपमा खाना खाने गरेमा ग्यास्ट्राइटिसको समस्या समाधान हुन सक्छ । बिहान नास्ता नगर्ने र अबेर खाना खाने बानीले ग्यास्ट्रिक बढ्न सक्छ । यसबाट बच्न नियमित तथा चपाएर खानेकुरा खानु उत्तम हुन्छ । ३: कम मसालेदार खाना खानुहोस बढी तेल र मसाला मिसाएको खाना पनि ग्यास्ट्रिकको कारण हुन सक्छ । यसैले यस्ता कुरा मिसाइएको खानेकुराबाट बच्नुहोस् । साथै पेट पूरै भरिनुभन्दा खान मन लाग्दालाग्दै उठेमा खाना राम्ररी पच्छ । खाना खाएको आधा घण्टापछि मात्र पानी पिउने बानी बसाल्नुहोस् । ४: रक्सीबाट बच्नुहोस् बढी रक्सी पिउने बानीले ग्यास्ट्रिकको समस्या बढाउँछ । यद्यपि रक्सीमात्र यसको मुख्य कारण होइन । तर, रक्सी नखाँदा या यसको सेवन सीमित गर्नाले भविष्यमा हुने ग्यास्ट्राइटिसबाट बच्न सकिन्छ । ५: थोरै तर नियमित खानुहोस् पेटलाई आराम दिन थोरै खाने बानी गर्नुपर्छ । धेरै खानाले पनि ग्यास्ट्रिकको समस्यालाई असर गर्छ । यसका अलावा खानामा ल्याक्टोज र ग्लूटनजस्ता आहार लिनबाट बच्नुहोस् । यी माथिका साधारण उपाय मात्रै हुन् । यसबाट बच्ने उपायहरु हुन सक्छन् । यदी उक्त उपाय अपनाउँदा पनि ग्याष्ट्रिकको समस्या देखिए चिकित्सकसँग परामर्श गरी उपचार गर्नु सबैभन्दा उत्तम विकल्प हो

About the Author

Unknown

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet appellantur usu, mnesarchum referrentur id vim.

Post a Comment

 
video and story © 2015 | Distributed By My Blogger Themes | Designed By Templateism