Saturday, April 2, 2016

सुर्खेतमा युवाहरुले लखेटेपछि पस्केको भात छाडेर भागे उपेन्द्र यादव

पार्टीको कार्यक्रमका लागि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव वीरेन्द्रनगर पुगेका थिए । भोकले तखातरान देखिन्थे । उनि  वीरेन्द्रनगरमा रहेको भ्याली भ्यू होटलमा खाना खान पुगे । होटलमा खाना पस्कदै थिए । तर त्यहीँ समयमा युवाहरुको एक हुल होटलमा प्रवेश गर्यो ।



मधेस आन्दोलनको नाममा देशलाई नै ठप्प हुने गरी नाकाबन्दी गरेको र भारतको इशारामा चलेको भन्दै एमालेको युवा संगठन युवा संघ र एमाओवादीको युवा संगठन वाईसीएलका कार्यकर्ताहरुले यादवलाई कालो झण्डा देखाउँदै चारैतिरबाट घेरे ।  युवाहरुको विरोधका कारण अवस्था तनावपूर्ण बनेपछि फोरम अध्यक्ष यादव पस्केको भारत समेत छाडेर कुलेलम ठोके । यस्तो उनको यो अनुभव पहिलो भने होइन । यसभन्दा अघि पनि उपेन्द्र यादवलाई काठमाडौँको माइतीघरमा राजेन्द्र सापकोटाले लखटेका थिए ।

About the Author

Unknown

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet appellantur usu, mnesarchum referrentur id vim.

Post a Comment

 
video and story © 2015 | Distributed By My Blogger Themes | Designed By Templateism