Sunday, April 3, 2016

मह स्वास्थ्यका लागि निकै फाइदा जनक चीज हाे । जसकाे सेवन गर्न जाने हाम्राे शरिरलार्इ फाइदा पुग्छ भने खान नजाने यसले  विष समान हानी पुर्रयाउछ ।


यसको प्रयोग विभिन्न रोगमा प्रभावकारी मानिन्छ । यौन क्षमता बढाउने यो अचनुक उपाय नै हो । महिलाले सेवनले गर्दा घटेको यौन क्षमता पुनः जागृत भएर आउँछ ।

यौन क्षमतालाई बचाइराख्न पनि मह खानुपर्छ । यसको अलावा महले व्यक्तिको स्मरण शक्ति बढाउँछ । खानामा रुची बढाउन होस् वा खोकी कब्जियतजस्त रोग निको पार्न यो उत्तिकै उपयोगी मानिन्छ ।

अल्सरका रोगीका लागि मह प्रभाकारी औषधि नै मानिन्छ । आयुर्वेदमा मात्र नभएर एलोपेथिक उपचार पद्धतिमा समेत महलाई गुणकारी औषधिका रुपमा मान्यता दिइएको छ । तर हामीले खाने मह भने मिसावटयुक्त हुनु हुँदै । माहुरीले बनाएको शुद्ध मह हुनुपर्छ ।

गाउँघरमा पाइने शुद्ध महले औषधिको काम गर्छ । महले थकान कम गर्छ । अत्यधिक गर्मीको बेला मह खाएपछि तातोपानी, दही वा चिनी कफी खानु हुँदैन । दैनिक एक देखि दुई चम्चा मह मनचतातो पानीमा वा दूधमा मिसाएर खानु राम्रो मान्छि ।

Honeyमह खादाका फाइदा
१. अदुवाको रसमा या काढ़ामा मह मिसाएर खानाले खोंकि सन्चो हुन्छ ।
२. पाकेको आँपको रसमा मह मिसाएर जोण्डीसको रोगिलाई खुवाउनाले लाभ हुन्छ । बच्चालाई चीनी चीनीको ठाउंमा मह दिन सकिन्छ ।
३. बान्ताको समय पुदीनाको रसको साथमा महको प्रयोग लाभकारी हुन्छ ।
४.शुष्क त्वचामा मह, दूधको तर क्रीम र बेसन मिसाएर लगाउने। यस्ले त्वचाको शुष्कता हटाउंछ र लावण्यता प्राप्त हुन्छ ।
५. एक गिलास दूधमा मह मिसाएर राती पीउनाले दुबलोपन हटेर शरीर सुडौल, पुष्ट र बलशाली बन्छ ।
६. मह नित्य सेवन निल आमाशय र आँतलाई बल प्रदान गर्छ ।
७. प्याजको रस र मह बराबर मिसाएर चाट्नाले कफ निस्कन्छ र आंतमा जमेको विजातीय द्रव्यहरु हटाएररा नष्ट गर्छ । यसलाई पानीमा घोलेर एनीमा लिनाले लाभ हुन्छ ।
८. हृदयको धमनीको लागि मह बड़ो शक्तिवर्द्धक हुन्छ। सुत्ने बेला महर कागतीको रस मिसाएर एक ग्लास पानी पीउनालेकमजोर हृदयमा शक्तिको संचार हुन्छ ।
९. पेट को स्यानो स्यानो घाउ र शुरुवातको स्थितिको अल्सर महलाई दूध वा चियाको साथमा पिउनाले ठीक हुन सक्छ ।
१०. सुख्खा खोकिमा मह र कागतीको रस बराबर सेवन गर्नाले लाभ हुन्छ ।
११. महले मांसपेशिहरु बलवती हुन्छ ।
१२.बढ़ेको रक्तचापमा महको सेवन लहसुनको साथ गर्नु लाभप्रद हुन्छ ।
१३.अदुवाको रस र मह बराबर मात्रामा मिसाएर चाटेर खानाले श्वास कष्ट टाढा हुन्छ र बाडुली पनि बन्द हुन्छ ।
१४. सुन्तलाको बोक्रालाई सुकाएर धुलो चूर्ण बनाएर दुई मह चम्मच ट्ट्यस्मा फीटेर तयार गरेर छालामा दल्ने। यस्ले छाला चम्कीन्छ र कान् छाउंछ ।
१५. कब्जियतमा गोलभेडा वा सुन्तलाको रसमा एक चम्मच मह हालेर खानाले लाभ हुन्छ ।

महको सेवन गर्दा अपनाउनुपर्ने सावधानी

तर मह खान जाने फाइदा र नजाने बेफाइदा हुने आयुर्वे्दिकविज्ञहरु बताउँछन् । महको प्रयोग कसरी गर्ने भन्नेबारेमा आयुर्वेद विज्ञहरुको भनाई यस्तो छ ।

–माछा, मासुसित मह खानु विष सरह हुन्छ ।

–महमा पानी वा दूधको बराबर मात्रा खानु हानिकारक हुन्छ ।

–अम्बा, अंगुरजस्ता अमिलो फलको साथ मह खानु अमृतसमान हुन्छ ।

–चिया र कफीको साथ मह विष समान हुन्छ ।

–महलाई आगोमा कहिलेपनि तताउनु वा उमाल्नु हुँदैन ।

– घिउ र महको समान मात्रा कहिले खानु हुँदैन ।

–चिनीमा मह मिसाउनु विष सरह नै हुन्छ ।

–तेल, घिउ र नौनीसित मह मिसाएर खानु विषसमान हुन्छ ।

–मोटोपना नियन्त्रण गर्न मनतातो दूधमा एक चम्चा मह घोलेर नियमित खान सकिन्छ ।

–निकै गर्मी वा धापिएर आएको बेला मह खाँदा हानिकारक हुन्छ ।

–महको ज्यादा उपभोग पनि हानिकारक हुन्छ ।

मौरीले विभिन्न वनस्पतिको परागबाट मह बनाउँछ । त्यसैले वनस्पतिको श्रोतोअनुसार महको औषधिय गुण पनि अलग–अलग हुन्छ । जस्तै, नीमको श्रोतोबाट बनेको मह आँखाका लागि, जामुन मधुमेह, हृदय, वात, रक्तचाप रोगको लागि फाइदाजनक हुन्छ ।

–वसन्त ऋतुमा विकसित वनस्पतिको परागबाट निर्मित मह सर्वोत्कृष्ट हुन्छ । सहर वा घरआँगनमा फुलेको वनस्पतिको तुलनामा जंगली वनस्पतिको मह सबभन्दा राम्रो हुन्छ ।

–मह सेवन गर्ने बित्तिकै तातो पानी पिउनु हुँदैन ।

–मह खाँदा कुनै अप्ठ्यारो महसुस भएमा कागती, निबुवा खाए आराम हुन्छ । अथवा, एक ग्राम धनियाँको धूलो र २० ग्राम अनारको रस मिसाएर खाँदा पनि राहत मिल्छ ।

–एकै पटक धेरै मह खानु राम्रो हुँदैन । दिनमा दुईतीन चम्चासम्म मह खान मिल्छ । एक पटकमा केटाकेटीले २५ ग्राम र वयस्क मानिसले ५० ग्रामसम्म मह सेवन गर्नुपर्छ ।

–बढिरहेको ज्वरोमा दूध, घिऊ र मह सेवन विषसमान हुन्छ ।

–यदि कसैले विष सेवन गरेको छ भने त्यो बेला मह खुवाउँदा विषको प्रभाव अझ बढेर मृत्युनजिक प¥याउँछ । खबरडबली बाट

मह : खान जाने अमृत, नजाने विष (कसरी खाने जानिरहनुहाेस्)

Saturday, April 2, 2016

पार्टीको कार्यक्रमका लागि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव वीरेन्द्रनगर पुगेका थिए । भोकले तखातरान देखिन्थे । उनि  वीरेन्द्रनगरमा रहेको भ्याली भ्यू होटलमा खाना खान पुगे । होटलमा खाना पस्कदै थिए । तर त्यहीँ समयमा युवाहरुको एक हुल होटलमा प्रवेश गर्यो ।



मधेस आन्दोलनको नाममा देशलाई नै ठप्प हुने गरी नाकाबन्दी गरेको र भारतको इशारामा चलेको भन्दै एमालेको युवा संगठन युवा संघ र एमाओवादीको युवा संगठन वाईसीएलका कार्यकर्ताहरुले यादवलाई कालो झण्डा देखाउँदै चारैतिरबाट घेरे ।  युवाहरुको विरोधका कारण अवस्था तनावपूर्ण बनेपछि फोरम अध्यक्ष यादव पस्केको भारत समेत छाडेर कुलेलम ठोके । यस्तो उनको यो अनुभव पहिलो भने होइन । यसभन्दा अघि पनि उपेन्द्र यादवलाई काठमाडौँको माइतीघरमा राजेन्द्र सापकोटाले लखटेका थिए ।

सुर्खेतमा युवाहरुले लखेटेपछि पस्केको भात छाडेर भागे उपेन्द्र यादव

आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ । ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् । आइतबारः पुरुष आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ । स्त्री आइतबार जन्मिने स्त्री दान-पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन् । सोमबारः पुरुष सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ । यस्ता ब्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ । सोमबार जन्मिने ब्यकेति विद्वान, कला कुशल र बहादुर पनि हुन्छन् । सोमबार जन्मिने ब्यक्तिलाई श्वास प्रश्वासको रोग हुन सक्छ यस्ता ब्यक्तिलाई ९, १२, २७ वर्षमा कष्ट हुन्छ । स्त्री सोमबार जन्म भएका महिला सुन्दर हुन्छन् । यस्ता महिलामा मिठो बोली र शान्ति प्रिय र पुत्रवति हुन्छन् । मंगलबारः पुरुष मंगलबार जन्म हुने ब्यक्ति सामान्यतया धनी हुन्छन् । यस्ता ब्यक्तिको स्वभाव उग्र हुन्छ । यसै कारण उनीहरुसँग मानिसहरु वेखुसी हुन्छन् । यिनीहरुलाई छाला सम्बन्धी रोग हुन सक्छ । दुख र सुख आउने जाने भैरहन्छ । स्त्री ज्योतिषका अनुसार मंगलवार जन्म भएका स्त्री कठोर हृदयका हुन्छन् यस्ता स्त्रीमा दया माया कम हुन्छ । यस्ता स्त्री दुब्ला पातला र झगडालु समेत हुन्छन् । बुधबारः पुरुष बुधबार जन्मिने ब्यक्ति धर्मकर्ममा मन भएका हुन्छन् । यिनीहरुको बोलीमा मिठास हुन्छन् । यिनीहरुको ८ र २२ वर्षको उमेरमा कष्ट पाउने योग हुन्छ । स्त्री बुधाबार जन्मिने स्त्री कुनै विशेष क्षेत्रमा रुचि राख्ने र विशेषज्ञता हासिल गर्ने हुन्छतन् । सरस्वतीको विशेष कृपा हुने हुँदा यिनीहरु सुन्दर र शुसील पनि हुन्छन् । विहीबारः पुरुष विहीबार जन्मिने पुरुष विद्वान र पराक्रमी हुन्छन् । यिनीहरुले जीवनमा धेरै उतार चढाव र समस्या झेल्नु पर्ने हुन्छ । तर पनि साहसी हुन्छन् । यिनीहरुसँग संगत हुनेहरु खुसी हुन्छन् । विहीबार जन्मिनेहरुलाई ७, १२, १३, १६ र ३० वर्षमा संकट पर्छ । स्त्री जुन स्त्रीको विहीबार जन्म हुन्छ त्यस्ता महिला उच्च शिक्षा हासिल गर्ने र सर्वगुणी हुन्छन् । शुक्रबारः पुरुष शुक्रबार जन्मिने ब्यक्ति हँसिलो स्वभावका हुन्छन् । बुद्दीमान र मृदुभाषी यिनीहरुको स्वभाव हो । यिनीहरु सहनशिल पनि हुन्छन् । यिनीहरु शौखिन हुन्छन् र २० र २४ वर्षको उमेरमा कष्ट हुन्छ । स्त्री कुनै पनि स्त्री शुक्रबार जन्मेकी छे भने उसको श्वभाव चंचल हुन्छ । यस्ता स्त्री मस्ती मजाक गर्छन् । परिवार र समाजमा विशेष इज्जत हुन्छ । केही काला रंगका भएपनि सुन्दर हुन्छन् । शनिबारः पुरुष जुन ब्यक्तिको जन्म शनिबार हुन्छ उनीहरु कृषि ब्यावार वा प्रविधीको क्षेत्रमा रुची राख्छन् । यिनीहरुका लागि बाल्यकाल कष्टपूर्ण हुन सक्छ । भाइ बहिनी वा दाइ दिदीबठ्ठ सन्तुष्टी मिल्दैन । यिनीहरुलाई २० र २५ वा ४५ वर्षमा कष्ट हुन्छ । स्त्री शनिबार जन्मिने स्त्री दुबली पातली हुन्छन् तर अग्ला । सामान्यतया यस्ता स्त्री कालो वर्णका हुन्छन । यस्ता महिला अरुका कुरा काट्ने पनि हुन् सक्छन् ।

कुन बार जन्मने मानिस जीवनमा धेरै सफल हुन्छ ? (थाहा पाउनुहोस)

 
video and story © 2015 | Distributed By My Blogger Themes | Designed By Templateism